समाचार
पूर्वखोला गाउँपालिकाका सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
पूर्वखोला गाउँपालिकाका सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
पूर्वखोला गाउँपालिकाका सम्पूर्ण वडाहरु पूर्ण सुत्केरी वडा घोषणा भएका छन् | पूर्वखोला गाउँपालिकाभित्र रहेका ६ वटै स्वास्थ्य चौकी र ३ स्वास्थ्य इकाईबाट सेवा प्रदान गर्दै पूर्वखोला गाउँपालिकाले बच्चा जन्माउने आमाहरुलाई स्वास्थ्य संस्थामा आई उपचार गराउन र स्वास्थ्य संस्थामै आएर सुत्केरी हुन प्रेरित गर्दै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन सफल भएको हो | २०७६/०१/२३ गते पूर्वखोला -५ विरकोट , २०७६/०५/०३ गते पूर्वखोला - ३ रिंगनेरह , २०७६/०५/२४ गते पूर्वखोला - ६ हेकलांग, २०७६/०६/०८ पूर्वखोला - ४ देविनगर, २०७६/०६/११ गते पूर्वखोला - २ जल्पा हुदै २०७६/०६/१५ गते पूर्वखोला - १ सिलुवा लाई पूर्ण सुत्केरी वडा घोषणा गरिएको हो |
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सदस्य माननीय श्री युवराज खनालले बुधबार वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्नुभएको हो | वहाँले आमा र बच्चाको सुरक्षाको लागि स्थानिय तहले चालेको कदमको प्रशंशा गर्दै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा सँगै निरन्तरतामा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो |
कार्यक्रमका गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले संभवत प्रदेश नं. ५ कै पहिलो सम्पूर्ण वडा पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो र सबै वडामा पूर्ण संस्थागत सुत्केरी घोषणा भएको अब एक कार्यक्रमको बिच औपचारिक घोषणा गर्ने बताउनुभयो भने पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले संविधानले प्रदान गरेको अधिकार प्रयोग गरि काम शुभारम्भ गरेकोे र नागरिक सेवा प्रदान गर्ने दायित्व निर्वाह गरेर स्वास्थ्य संस्थामा लगानी गरिएको र यस घोषणाले सभ्यताको पहिचान दिएको बताउनुभयो।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स श्री कल्पना पौडेल , पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख श्री मोहन ढकाल , पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक श्री श्रीराज आचार्य , सुआहारा कार्यक्रम पाल्पाका संयोजक ज्ञानदिप आचार्यले शुभकामना ब्यक्त गर्नुभएको थियो |