FAQs Complain Problems

समाचार

पूर्वखोला गाउँपालिका वार्ड नं. ५ विरकोटमा जनस्वास्थ्य प्रयोगशाला (ल्याब सेवा)शुरु

पूर्वखोला गाउँपालिका वार्ड नं. ५ विरकोट स्वास्थ्य चौकीमा जनस्वास्थ्य प्रयोगशाला (ल्याब) शुरु भएको छ |
पूर्वखोला गा.पा. मा भएका ६ वटा वडाहरु मध्ये एउटा वडा विरकोट ५ मा पहिलो ल्याब सेवा शुरु भएको छ|उक्त स्वास्थ्य चौकीमा ल्याब सेवाको उद्घाटन प्रदेश सभा सांसद माननीय नारायण प्रसाद आचार्यले गर्नु भएको थियो|नारायण जीले कुनै पनि ठाउँको विकास गर्नको लागि त्यहाँका स्थनीय जनता , जनप्रतिनिधि ,कर्मचारी सबै एकजुट भएर अगी बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो|
कार्यक्रममा पूर्वखोला गा.पा.का अध्यक्ष्य नुन बहादुर थापाले गाउँपलिकाका स्वास्थ्य संस्थामा देखिने अनेक प्रकारका समस्याहरुलाई मध्यनजर गर्दै ल्याब सेवा संचालन गरेको भनि बताउनु भयो |वहाले कोहि बिरामी भएमा सानो उपचारको लागि पनि सदरमुकाम तानसेन जानुपर्ने भएको र जादाँ-आउदा अनावश्यक रुपमा रकम खर्च र दुख हुने गरेको थियो तर अब आएर त्यो समस्याको समाधान हुने भएको छ भनि बताउनुभयो |
कार्यक्रममा गा.पा. उपाध्यक्ष्य भागिरथी शर्मा भट्टराई ,जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयरोग /कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपाने ,पूर्वखोला गा.पा.का स्वास्थ्य संयोजक श्रीराज आचार्य , पूर्वखोला गा.पा.-४ देविगरका 
वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठ , गणपति मा.वि. का प्रधानाध्यापक विष्णु पल्ली लगायतका व्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो |
कार्यक्रम गा.पा.का सूचना अधिकारी मोहन ढकालको संचालन तथा पूर्वखोला -५ विरकोटको वडा अध्यक्ष्य धन बहादुर सिंजालीको अध्यक्ष्यतामा सम्पन्न भएको थियो |

आर्थिक वर्ष: