समाचार
"सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धि कानुन " बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
मिति २०७५/०३/०४ गतेको दिन पूर्वखोला गाउँपालिकामा “सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण सम्बन्धि कानुन“ बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम परिचय कार्यक्रमबाट शुरु भएको थियो जसमा पूर्वखोला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा , गाउँपालिकाका अधक्ष्य नुन बहादुर थापा, कार्यकारी प्रमुख हरि प्रसाद पौडेल, वडा न.३ का वडा अधक्ष्य निलकण्ठ भट्टराई, स्वास्थ्य संयोजक श्रीराज आचार्य, उद्दबुद्ध मा.वि.का क्याम्पस प्रमुख शुसिल न्यौपाने, सहायक प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने नोक्सानी तथा असरको बारेमा छलफल गरि यस गाउँपालिकाले आफै कानुन बनाउने प्रतिबद्दता जाहेर गर्नुभयो ।
साथै उक्त कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवन गर्नाले नसर्ने रोग क्यान्सर जस्तो ठुलो रोगको सिकार हुनपर्ने र सार्वजनिक स्थानमा यसको प्रयोग तथा सुर्तीजन्य पदार्थको उत्पादन एवं वितरणमा कानुन उलघंन गरेमा कसुर अनुसार रु.१०० देखि रु. १ लाखसम्मको जरिवाना हुने व्यवस्था भएको जानकारी नेपाली हेल्थका प्रकाशक तथा सम्पादक एवं उक्त अन्तरक्रिया कार्यक्रमका सहजकर्ता रामप्रसाद न्यौपानेले दिनुभयो ।
उक्त अवसरमा पूर्वखोला गाउँपालिका भित्र भएका धुम्रपानका लतहरु एवं नियन्त्रणका लागि गरिएको प्रयासहरु बारे छलफल गरिएको थियो ।