FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

आज मिति २०७५ मंसिर  १२ गते बुधबारको दिन पूर्वखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ | पूर्वखोला गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाको अध्यक्षता र प्रदेश ५ का सांसद माननीय नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम

गाउँपालिकाका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको थियो | नेपाल पत्रकार महासंघ पाल्पाको सहजीकरणमा सम्पन्न गरिएको कार्यक्रममा पत्रकार दयाराज न्यौपानेले गाउँपालिकाको ६ वटै वडामा गरिएको मतसर्वेक्षण प्रतिवेदन र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेलले आ.व. २०७४/०७५ को वार्षिक तथा आ.व. २०७५/०७६ को प्रथम चौमासिक प्रगति प्रतिवेदन पढेर सुनाउनु भएको थियो |सम्भवत पाल्पा जिल्लाकै सबभन्दा धेरै जनताहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा एक दर्जन पत्रकारहरुको पनि उपस्थिति रहेको थियो | कार्यक्रममा कृषि शाखा प्रमुख विष्णु कुमार डाँगी ,पशु शाखा प्रमुख मीन बहादुर कार्की , स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल , प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल र गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जनताहरुबाट उठेका जिज्ञाशाको जवाफ दिनुभएको थियो |कार्यक्रममा प्रदेश सांसद नारायण प्रसाद आचार्य ,नेपाली कंग्रेस प्रतिनिधि कुल प्रसाद काफ्ले .नेकपा प्रतिनिधि जीवन आचार्य,राष्ट्रिय गाउँपालिका महासंघ प्रदेश ५ की उपाध्यक्ष शारदा रेग्मी , नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल , कान्तिपुर दैनिकका संवाददाता माधव अर्याल ,प्राइम न्यूजका मुक्ति न्यौपाने लगायतका पत्रकारहरुले सुझाव व्यक्त गरेको कार्यक्रममा पत्रकार दयाराज न्यौपानेले सहजीकरण तथा पत्रकार ऋषिराम रानाले संचालन गर्नु भएको थियो |

 

आर्थिक वर्ष: