FAQs Complain Problems

समाचार

गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकलाई तालिम

गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकलाई तालिम

गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकलाई तालिम पाल्पा, जेष्ठ ५ पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पा स्थित शम्भु माध्यमिक विद्यालयमा विज्ञ द्धारा अभिभावकलाई सचेतना तथा शिक्षकका लागि पुन ताजकी तालिम सम्पन्न भएको छ । जल्पा वडा कार्यालयको आयोजनामा विद्यालयको गुणस्तरी शिक्षा बढाउनका लागि अभिभावक र शिक्षकहरुका लागि सो तालिम दिइएको हो । तालिममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशनका केन्द्रीय सदस्य खेमबहादुर सारुले गुणस्तरीय शिक्षा, पढाउने शैलि, नेतृत्व, सकारात्मक कुरा, प्राविधिक प्रयोगबाट अध्ययन अध्यापन गराउने, व्यवहारिक शिक्षाको महत्व, आफ्ना छोरा छोरी प्रतिको जीम्मेवारी, अभिभावकको दायित्व, शिक्षक, अभिभावक र विद्यार्थी बीचको सम्बन्ध, नकारात्मक कुराहरुलाई छोड्ने, बालबालिकाको स्याहार सुसार, धर्यता, जीम्मेवारी बोध, बालबालिकालाई कस्ता कुरा सिकाउने, बालबालिकाको भविष्य बनाउन अभिभावकको कुरा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा वडा भित्रका विद्यालयलका ५३ जना शिक्षक र १ सय ४६ जना अभिभावकको सहभागिता रहेको थियो । शिक्षक र अभिभावकहरुलाई छुट्ट छुटै तालिम दिइएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै पूर्वखोला गाउँपालिका २ जल्पाका अध्यक्ष नीरबहादुर सारुले तालिम शिक्षक, अभिभावक, विद्यार्थी बीचको सम्बन्धलाई बलियो बनाउन र सबैले आफ्नो कर्तव्य पूरा गरी विद्यालयको गुणस्तरीय शिक्षामा टेवा पुर्याउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले विद्यालयको गुणस्तरी शिक्षाका लागि अभिभावक, शिक्षक, विद्यार्थी तीनै पक्षको महत्वपूर्ण भूमिका रहने भएकाले सबै आ -आफ्नो ठाउँबाट लाग्नु पर्ने गर्नुपर्ने बताउनुभयो । विद्यालयका प्राचार्य लालबहादुर बयाम्बुले विद्यालयको गुणस्तरीय बढाउनका लागि यस्ता खालका तालिम आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा अभिभावक मिना कवरले तालिम अभिभावकका लागि  धेरै प्रभावकारी भएको भन्दै विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न बेला बेलामा यस्ता खालका तालिम संचालन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

आर्थिक वर्ष: