FAQs Complain Problems

समाचार

परियोजना अनुगमन तथा समन्वय समिति गठन

परियोजना अनुगमन तथा समन्वय समिति गठन
परियोजना अनुगमन तथा समन्वय समिति गठन

२०७५/०३/०९ गते पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा पशु वस्तुको मूल्य शृंखलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना (SLVC II) अभिमुखीकरण तथा परियोजना अनुगमन तथा समन्वय समितिको गठनको लागि प्रारम्भिक बैठक कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रम हेफर इन्टरनेसनल  नेपालको सहयोगमा ग्रामिण आर्थिक संघ (REDA) पाल्पाले आयोजना गरेको थियो ।

उक्त कार्यक्रम पूर्वखोला गाउँपालिकाको वडा नं.१ सिलुवाको श्री मनकामना सामाजिक उद्धमी महिला बहुउद्देश्य सहकारी संस्था लि . र वडा नं. २ जल्पाको श्री शुभ संदेश महिला कृषि सहकारी संस्था लि . मा करिब ३ वर्षको लागि कार्यक्रम संचालन गर्ने निर्देशक लिला बहादुर कार्कीले जनाउनु भयो ।

यस कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाको उपाध्यक्ष भागिरथी शर्मा विशिष्ट अतिथि यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेल र कार्यक्रम REDA पाल्पाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

आर्थिक वर्ष: