FAQs Complain Problems

समाचार

पूर्वखोला गाँउपालिकाको संक्षिप्त परिचय

पूर्वखोला गाउँपालिकाको नक्सा
पूर्वखोला गाउँपालिकाको नक्सा

देवीनगर देखी जल्पा बिरकोट रिङ्गनेरह हुँदै पूर्वतिर बगेको खोलाको नामबाट रहन गएको "पूर्वखोला गाउँपालिका " पनि नेपालको एक गाउँपालिका हो । साबिकका ६ वटा गा. वि. स . लाई मिलाएर एक पूर्वखोला गाउँपालिका बनाइएको हो । पूर्वखोला गाउँपालिका डाडाकाँडाले घेरिएको छ ।पूर्वखोला गाउँपालिका १३८.०५ बर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ । राष्ट्रिय जनगणना २०७८  अनुसार यस गाउँपालिकाको जनसख्या १६,०५२ रहेको छ ।यस गाउँपालिकाको केन्द्र साबिक रिङ्गनेरह गा .वि. स. को कार्यलयमा रहेको छ ।पूर्वखोला गाउँपालिका पूर्ण खोप , पूर्ण साक्षर साथै खुल्ला दिसा मुक्त भएको गाउँपालिका हो । सामुदायिक र निजी गरी ३८ वटा शिक्षण संस्था भएको यसको सबै वडामा मा. वि. सन्चालित छन् । पाल्पाको उच्च स्थलमा रहेको "हात्तीलेक" यस गाउँपालिकाअन्तर्गत पर्दछ । यहाँको भुभाग पहाडै पहाडले घेरिएको छ । यस गाउँपालिकामा मगर जातिको बाहुल्यता रहेको छ र केहि मात्रामा ब्राहमन , क्षेत्री र दलितहरुको बसोबस रहेको पाइन्छ । यहाँका मानिसहरु एक-आपसमा मिलिजुली आफ्नो-आफ्नो रितिरिवाज मान्दै धर्म कर्ममा रमाएका छन् । यहाँको धार्मिक स्थलहरुमा सिलुवाको चुरेबराजु ,जल्पाको जल्पादेवी , रिङ्गनेरहको शिव मन्दिर्,देवीनगरको भानुमाता देवी ,बिरकोटको अकला देवी र हेकलाङको बाराहा देवी जस्ता धार्मिक स्थलहरु रहेका छन् । सिलुवाको तामाखानी गाँउमा तामाको खानी रहेको विस्वास गरिन्छ र हात्तीलेकमा धेरै कुराको सम्भावित खानिहरु रहेको जानकारीमा आएको छ ।

टिपोट:

कुल क्षेत्रफल:     १३८.०५ वर्ग कि.मि.

जम्मा परिवार :   ४,१२१

कुल जनसंख्या :   १६,०५२

महिलाको संख्या:  ८,९५९

पुरुषको संख्या:     ७०९३

जनघनत्व:११६

सिमाना

पूर्वमा : रामपुर न.पा. र निस्दी गा.पा.

पश्चिममा: माथागढ़ी र रम्भा गा.पा.

उत्तरमा : रामपुर न.पा. र रम्भा गा.पा.

दक्षिणमा : निस्दी र माथागढ़ी गा.पा.

तापक्रम

अधिकतम: २५ डिग्रीसेल्सियस

न्यूनतम: ६.५  डिग्रीसेल्सियस

अक्षांश :२७.८१२४१८

देशान्तर : ८३.७७९०७९