समाचार
पूर्वखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन
आज मिति २०८२/०३/०८ गतेका दिन पूर्वखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले प्रस्तुत गर्नुभयो ।प्रस्तुत नीति तथा कार्यक्रममा सभा सदस्यहरुले छलफल तथा राय सुझाव पेश गरी छुट भएका तथा परिमार्जन गर्नुपर्ने विषय समावेस गर्ने गरी सर्वसम्मतिले पारित गरियो।बैठकको बिचमा पूर्वखोलाका उत्कृष्ट ४ जना र सर्वोकृष्ट १ गरी ५ जना कृषकलाई नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । १७ औं अधिवेशनको दोस्रो बैठक मिति २०८२/०३/१० गते विहान ११:०० बजे बस्ने र आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेट पेश गरिने भएको छ ।