समाचार
पूर्वखोला -२ जल्पा सकिनेको गुफामा भेटिए अनौठा भिविन्न जनावरको आकृतिहरु
पूर्बखोला -2 जल्पामा पर्यकिय स्थलहरू अध्ययन अनुसन्धान गनेॅ क्रममा अझ एउटा ईटा थप्न सफल भएको छ। जल्पाको साकिनेमा एकहल गोरू जोत्दै जाने क्रममा हलगोरूनै त्यस गुफा भित्र पसेपछि त्यस गुफाको अध्ययन अनुसन्धान अवलोकन गर्दै जादा त्यहा बिभिन्न किसिमको धार्मिक महत्व बोकेका आकृतीहरू प्रशस्तै रहेको पाईयो । त्यस गुफा भित्र हेदाॅ एउटा चिडिया घर जस्तै रहेको छ। त्यहा जंगल रूख, हरिण, मृग, सिंह, हात्ती, कोब्रा सर्पको अकृती हरू रहेको पाइयो । त्यस गुफामा अध्यारो नहोस भनेर होला 2 ठाउँबाट बिजुली बल्ब जस्तै प्रकाश छिरेको छ। यस गुफा भित्र छिरे पछि 2 वटा गुफाहरू रहेका छन् । एउटा गुफा भित्र अन्तीम सम्म जान सकिन्छ भने अर्को गुफा धेरै भित्र सम्म गएकोले अन्तिम सम्म जान सकिएको छैन। त्यस्तै यस अघि जल्पा ढोलिमारामा रहेको गुफालाई सॅरक्षण गनॅ बाटो , गेट बस्ने ठाऊ , होडिङ बोड बनाउने काम भईरहेको छ।