समाचार
बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:
बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रमको शुभारम्भ:
आज मिति २०७८/०७/०६ गते यस पूर्वखोला गाउँपालिकाको सभा हलमा कार्तिक ६ गते देखि १२ गते सम्म चल्ने बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्य कर्मीको लागि आधारभूत क्षमता अभिवृद्धि तालिम कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको अध्यक्षता र पूर्वखोला गाउँपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको छ|