FAQs Complain Problems

समाचार

नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन वा सर्जमिन गरेको हकमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा निजको काम गर्न तोकिएको वडा सदस्य
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.१५०
आवश्यक कागजातहरु: 

१.जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति |

२.जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि |

३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति |

४. निवेदकको पिता /माता /विवाहित महिलाको लागि पतिको ना.प्र.प. को सक्कल र प्रतिलिपि १/१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि |

५.विवाहित महिलाको हकमा , निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प. प्रतिलिपि १ प्रति , जन्म दर्ता प्रमाण पत्र , विवाह दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ /१ प्रति |

६. अन्य गा.पा. तथा न.पा. बाट बसाई सरि आएको व्यक्तिको हकमा बसाइसराइ दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमिणित हुने कागजातहरु |

७. निवेदकको पिता/पति मृत्यु भएको अवस्थामा मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १/१ प्रति |

८.कार्यालय आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का |