समाचार
मन्टेस्वरी तालिम सम्पन्न
मन्टेस्वरी तालिम सम्पन्न
पूर्वखोला गाँउपालिकाद्वारा "बालबालिकाको विकास, भविष्यको निकास" भन्ने मूल नाराका साथ आयोजित मन्टेस्वरी तालिम एक कार्यक्रमको बीच समापन भएको छ |
पूर्वखोला गाँउपालिकाका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भट्टराईले भन्नुभयो - पूर्वखोला गाँउपालिकाका ४३ वटै विध्यालयहरुलाई बालमैत्री वातावरण शृजना गर्ने उद्देश्यले पहिलो प्रयासको रुपमा यो कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता प्रयास जारि राखिनेछ | कार्यक्रममा शिक्षा अधिकृत मणि खनाल, ३ नं. वडाका वडाध्यक्ष निलकण्ठ भट्टराई, उद्द्बुद्ध कलेजका प्रमुख सुशील न्यौपाने समाजसेवी जीवन आचार्य, लगायतले बोल्दै सबै शिक्षिकाहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने बालबालिकाहरुलाई सिकाई प्रति उत्प्रेरित गर्न आग्रह गर्दै सफलताको शुभकामना दिनुभयो |
३ नं. वडाका वडा अध्यक्ष निलकन्ठ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम पूर्वखोला गाँउपालिकाका ४३ वटा विध्यालयका शिक्षकहरु सहभागी हुनुभएको थियो | कार्यक्रमको संचालन उद्द्बुद्ध मा.वि. का प्रधानाध्यपक लोकहरि देवकोटाले गर्नुभएको थियो |