समाचार
वडा नं. २ जल्पाको वार्षिक समिक्षा
कार्यक्रममा गत आर्थिक बर्षको १ करोड २० लाख बराबरको काम सम्पन्न भएको र जसमध्ये १२ वटा भौतिक योजना पशु, स्वास्थ , लक्षित बर्ग महिला, बालबालिका, आदिबासी जनजातिको सम्पन्न योजनाहरु जिम्मेवारी ब्यक्तिहरुले आयब्याय खर्च सहित प्रतिवेदन प्रस्तुत गरिएको थियो |
गत आर्थिक बर्षको योजनाहरु प्रभाबकारी, पारदर्शी तरिकाले सम्पन्न भएको सहभागिहरुले बताए । यसै अवसरमा वडाअध्यक्ष निर बहादुर सारुले युवा स्वरोजकार कृषि र पर्यटनलाई लक्षित गरि यस आर्थिक बर्षको २०७५ । ०७६ को लागि बिनियोजित बजेट १ करोड ३ लाख बराबरको कार्यक्रम पेश गर्नु भयो| कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य इस्वरी प्र. न्यौपानेले जल्पाको सबैभन्दा राम्रो सम्भावना कृषि र ग्रामीण पर्यटन भएको बताउनु भयो। समाजसेवी राम प्रसाद आचार्य, चन्द्री सरा थापा लगाययले आ -आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रम वडा सचिव रमेश पोख्रेलको सञ्चालन र अध्यक्ष निर बहादुर सारुको अध्यक्षतामा कार्यक्रममा संचालन भएको थियो ।