समाचार
२०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न :
२०७८ सालको विजया दशमीको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न :
आज मिति २०७८/०६/२२ गते शुक्रबारको दिन यस पूर्वखोला गाउँपालिकाको सभाहलमा यहि आउदैं गरेको २०७८ सालको विजया दशमीको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानु प्रसाद पनेरुको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो |
कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराईले वडा दशैं, शुभ दिपावली तथा छट पर्वको अवसरमा सम्पूर्ण कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत तथा कार्यपालिकाको परिवारको तर्फबाट शुभकामाना ब्यक्त गर्दै सेवाग्राहीलाई प्रभावकरी रुपमा सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो | त्यस्तै सोहि कार्यक्रममा यस गाउँपालिकाका कार्यक्रम अधिकृत श्री विनोद नेपाललाई अधिकृत सातौं तहमा बढुवा भएकोमा सम्मान तथा शुभकामना प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ |