समाचार
आज मिति २०८० साल असोज ०३ गते बुधबारको दिन पूर्वखोला गाँउपालिकामा संविधान दिवस २०८० मनाइयो।
आज मिति २०८० साल असोज ०३ गते बुधबारको दिन पूर्वखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापा ज्यूको अध्यक्षता, प्रतिनिधि सभाका माननीय सदस्य श्री नारायण प्रसाद आचार्य ज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका माननीय सदस्य खेम बहादुर सारु ज्यूको विशिष्ट आतिथ्यता एंव पूर्वखोला गाउँपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघ-संस्थाहरुका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय पूर्वखोला तथा सम्पूर्ण कर्मचारीको उपस्थितिमा संविधान दिवस २०८० गाउँपालिकाको प्राङ्गणमा कार्यक्रम गरि मनाइयो।