समाचार
च्याउ खेति तालिम समुद्घाटन
पूर्वखोला गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानका क्रममा पूर्वखोला गाउँपालिका वडा नं. ३ को कार्यालयले आयोजना गरेको दुई दिने च्याउ खेति तालिम कार्यक्रम समुद्घाटन भएको छ | समुद्घाटन गर्दै प्रमुख अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष श्री नुन बहादुर थापाले भन्नुभयो -"समृद्द पूर्वखोलाको प्रमुख आधार आधुनिक एवं व्यवसायिक कृषि र समृद्द कृषक भएकोले तालिममा सहभागी सबै कृषकहरुलाई व्यवसायिक रुपमा कृषि कार्य गर्न अनुरोध गर्नुभयो |" कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री भागीरथी शर्मा भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थ, नेकपा अध्यक्ष श्री देवि प्रसाद पंगेनी, गाउँ सभा सदस्य श्री मेहर सिंह थापा लगायतले कार्यक्रमको सफलताको कामना गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्न सबै कृषकहरुलाई अनुरोध गर्नु भयो |
३ -नं. वडाका वडा अध्यक्ष श्री निलकण्ठ भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रम पौष १६ र १७ गते दुई दिनसम्म संचालन हुनेछ |कार्यक्रममा पूर्वखोला -३ साविक रिंगनेरह गा.वि.स.का ९ वटा वडाका २७ जना कृषकहरु सहभागी हुनुहुन्छ भने तालिममा वरिष्ठ कृषि विशेषज्ञ श्री कमान सिंह थापा तथा कृषि प्राविधिक श्री सन्तोष कंडेलले सहजीकरण गर्नु हुनेछ |