समाचार
पूर्वखोला गाँउपालिकाद्धारा बर्थिङ सेन्टरलाई उपकरण हस्तान्तरण
"उज्यालो पूर्वखोला ", "जिरो होम डेलिभरी" लगायतका अभियान मार्फत पाल्पा जिल्लाकै उत्कृष्ट स्थानिय तहको रुपमा चिनिन सफल पूर्वखोला गाउँपालिकाद्वारा एक कार्यक्रमका बिच बिभिन्न वडामा संचालित बर्थिङ सेन्टरहरुलाई गर्भ परिक्षण तथा सुरक्षित सुत्केरी सेवाको लागि आवश्यक उपकरणहरु हस्तान्तरण गरेको छ|
उपकरणहरु हस्तान्तरण गर्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी मोहन ढकालले भन्नु भयो -"पूर्वखोला गाउँपालिकाले गत आर्थिक वर्षमा ६ वटै वडाका स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टर स्थापना तथा जनशक्ति व्यवस्थापन गर्नुका साथै यस आर्थिक वर्षको पहिलो ६ महिना भित्र २ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना, विभिन्न प्रोत्साहनमुलक कार्यक्रमहरु संचालन तथा आधुनिक उपकरणहरु हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ |मलाई लाग्छ अब हामी जिरो होम डेलिभरी अभियानको शतप्रतिशत लक्ष्य प्राप्तिमा सफल हुनेछौ र छिट्टै जिरो होम डेलिभरी गाउँपालिका घोषणा गर्न सक्ने छौ |"
कार्यक्रममा बोल्दै गाउँपालिकाको कर्मचारी बाल प्रसाद श्रेष्ठले "गाउँपालिकाले आफ्नो अभियानको लक्ष्य प्राप्तिको लागि भौतिक तथा मानवीय संसाधन व्यवस्थापनमा मात्र न भइ जनचेतना अभिवृद्धिमा पनि उत्तिकै जोड दिएको बताउदै सबै स्वास्थ्य कर्मी, महिला स्वयं सेविका तथा अगुवा नागरिकहरुलाई सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो|"
कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुखहरुले उपकरण प्रदान गरेकोमा गाउँपलिकालाई धन्यवाद दिदै उपकरणको सहि उपयोग मार्फत अझ प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो |