समाचार
पूर्वखोलामा अनलाइन व्यक्तिगत घटना दर्ता प्रक्रिया शुरु
स्थानिय तहको रुपमा स्थापना भएको छोटो समयमै आफ्नो वेबसाइट, फेसबुक, ट्वीटर तथा मोबाइल एप तयार एवं संचालन गरी आधुनिक सूचना प्रविधिको क्षेत्रमा एक अब्बल स्थानिय तहको रुपमा स्थापित हुन सफल पूर्वखोला गाँउपालिकाले सेवा प्रवाहलाई चुस्त दुरुस्त एवं प्रभावकारी बनाउने क्रममा C.C.T.V. क्यमरा तथा इलेक्ट्रिक हाजिरी मेशिन जडान गरि सकेको छ | यसै क्रममा गाँउपालिकाले व्यक्तिगत घटना दर्ता प्रक्रियालाई पनि अनलाइन मार्फत गर्ने तयारी पूरा गरी २०७५/१०/०३ गतेदेखि वडा नं. ३ को कार्यालय मार्फत अनलाइन व्यक्तिगत घटना दर्ता शुरु गरेकोमा आज पहिलोपल्ट वडा नं. ३ निवासी श्री शेष कुमारी ढेंगालाई निजको छोरीको जन्म दर्ता अनलाइन मार्फत गरी प्रमाणपत्र वितरण गरिएको छ |
प्रमाण पत्र ग्रहण गर्दै श्री शेष कुमारी ढेंगाले आफ्नै गाँउपालिकामा पहिलो पल्ट अनलाइन मार्फत छोरीको जन्म दर्ता गरी प्रमाण पत्र लिन पाँउदा ज्यादै गर्व लागेको बताउनुभयो | भने स्थानिय पन्जिकाधिकारी श्री पूर्ण बहादुर चितौरेले आधुनिक प्रविधि मार्फत आफ्ना सेवा ग्राहीलाई छिटो-छरितो रुपमा सेवा प्रवाह गर्न पाँउदा खुशी लागेको बताउनुभयो | कार्यक्रममा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले भन्नुभयो -हामी कर्मचारी जनताको सेवाको लागि खटिएका सेवक हौ| जनतालाई २१ औ शताब्दीको युग अनुकुल सेवा-सुबिधा प्रवाह गर्न हामी हर सम्भव प्रयास गरिरहनेछौ |त्यस्तै गाँउपालिकाका अध्यक्ष श्री नुन बहादुर थापाले भन्नुभयो- संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि स्थपित नयाँ संरचनामा जनताले अपेक्षा गरे अनुरुपको सेवा सुबिधा प्रदान गर्न गाँउपालिकाले सक्दो प्रयास गर्नेछ र छिट्टै बाँकी वडाबाट पनि यो सेवा प्रवाह गर्ने छौ |