समाचार
पूर्वखोला गाँउपालिकाको चौथो गाँउ सभा सम्पन्न
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै बनेको नँया संविधानले स्थानिय तहहरुलाई प्रदान गरेको व्यवस्थापकीय अधिकारको सदुपयोग गर्दै आफ्नो स्थानिय तहको छुट्टै कानुन तर्जुमा साथै बजेट तथा कार्यक्रमहरुको तर्जुमा गर्न पूर्वखोला गाँउपालिकाले गरेको चौथो अभ्यासको रुपमा गाँउपालिकाको चौथो गाँउ सभा सम्पन्न भएको छ |
२०७५ पौष ३० गते ५ नं. प्रदेशको प्रदेश सभा सदस्स्य श्री नारायण प्रसाद आचर्यको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा उद्घाटन भइ सोहि दिनबाट बन्द सत्र शुरु भएको गाँउसभा आज मिति २०७५ माघ १० गते समापन भएको हो | यस अवधिभरमा बसेको भिभिन्न बैठकले गाँउपालिकाको सहकारी ऐन २०७५, न्यायिक समितिको कार्यविधि ऐन २०७५ तथा पुरक बजेट २०७५/०७६ सर्वसम्मत पारित गरेको छ |