समाचार
पूर्वखोला गाँउपालिकामा स्वास्थ्य शिविर
मिति २०७५/११/१७ गते शुक्रवारको दिन पूर्वखोला गाँउपालिकाको आयोजनामा वडा नं. -१ सिलुवामा परिवार नियोजनको सेटलाइट सेवा, महिलाहरुको पाठेघर खस्ने रोगको पहिचान तथा VIA जाँच र वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ | उक्त कार्यक्रम श्री गोरखदल गण तानसेन,स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो | सो कार्यक्रममा परिवार नियोजनको साधन प्रयोग कर्ता (इम्प्लान्ट) २९ जना ( IUCD) ३ जना गरी ३२ जना VIA जाँच ९६ पाठेघर खस्ने समस्या र अन्य समस्या भएका २८८ गरी जम्मा ४२१ जनाले सेवा प्राप्त गरेका थिए |
स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन गाँउपालिका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि श्री नुन बहादुर थापाले गर्नु भएको थियो भने विशिष्ट अतिथि प्रमुख सेनानी श्री सुरज थापा, मेजर श्री मनोज डंगोल , पूर्वखोला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत
श्री भेषराज पन्थ लगायतका अतिथिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो |
कार्यक्रम वडा नं. १ का अध्यक्ष श्री भोग बहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन पूर्वखोला गाँउपालिकाका सूचना अधिकारी श्री मोहन ढकालले गर्नु भएको थियो |