समाचार
१६ औं निजामती सेवा दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न
पूर्वखोला गाउँपालिकाको आयोजनामा १६ औं निजामती सेवा दिवसको अवसरमा सक्षम निजामती प्रशासन: विकास समृद्द र सुशासन" भन्ने मूल नाराका साथ पुष्प वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ
पूर्वखोला गाउँपालिकाका कार्यक्रम अधिकृत श्री विनोद नेपालको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थ ज्यूले भन्नुभयो- " स्थायी सरकारको रुपमा रहेको निजामती सेवा देशको प्रशासनको आधार हो | परिवर्तनको जुनसुकै कालखण्डहरुमा महत्वपुर्ण भूमिका निर्वाह गरी देशलाई स्थायित्व र विकासको बाटोमा अगाडि बढाउन सफल निजामती सेवा व्यवस्थित गर्ने ऐन नियम निर्माणको क्रममा रहेको र पछिल्लो समय राजनीतिक संक्रमणबाट ज्यादै प्रभावित भइरहेको छ , साथै सर्वसाधारण माझ कर्मचारी तन्त्रप्रति व्यापक असन्तुष्टि र जनगुनासो बढिरहेको छ | त्यसैले आफ्नो-आफ्नो मानो काटेर कर तिर्ने जनताहरुबाट सम्मान प्राप्त गर्ने गरी सबै कर्मचारीहरुलाई कर्तव्यनिष्ठ भइ पारदर्शि र जावाफदेही ढंगले कार्य सम्पादन गर्न आग्रह गर्दछु र आजको दिनले सबै कर्मचारीहरुमा सेवाग्राहीप्रति सकरात्मक भइ मुस्कान सहितको सेवा प्रवाह गर्ने जोश जाँगर बढोस् र एकजुट भइ आफ्नो पेशा हक अधिकार प्रति सजग रहन उत्प्रेरणा मिलोस् भन्दै निजामती सेवा दिवसको शुभकामना ब्यक्त गर्न चाहन्छु |"
पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्री भेषराज पन्थ ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वखोला गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरुले कार्यलय परिसरमा १०० भन्दा बढी विभिन्न प्रजातिका पुष्प वृक्षहरु रोपण गरिएको थियो | औपचारिक कार्यक्रमको संचालन पूर्वखोला-३ रिंगनेरहका वडा सचिव श्री पूर्ण बहादुर चितौरेले गर्नुभएको थियो |