समाचार
संविधान तथा राष्ट्रिय दिवस समारोह-२०७६ भव्य रुपमा सम्पन्न
संविधान तथा राष्ट्रिय दिवस समारोह-२०७६ असोज २ गते पूर्वखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरी मनाइएको थियो भने असोज ३ गते नेपालको संविधान -२०७२ विषयमा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी भव्य रुपमा मनाइएको छ | प्रतियोगितामा जम्मा ९ जना विद्यार्थीले भाग लिएका थिए भने प्रथम सिलुवा-१ जनमार्ग मा.वि. की सम्झना वि.क., द्वितीय रिंगनेरह -३ उद्बुद्ध मा.वि. का रविन न्यौपाने र तृतीय देवीनगर-४ मातृभूमि मा.वि. कि करुणा सिंजाली भएकी छन् |