समाचार
लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान सम्पन्न
पूर्वखोला गाउँपालिका तथा सामाजिक विकास शाखाको आयोजनामा मिति २०७९/०८/०९ गते देखि २४ गते (25 Nov to 10 Dec 2022) सम्म संचालित लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान "सभ्य समाजको पहिचान:लैंगिक हिँसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ पूर्वखोला गाउँपालिकाका १ देखि ६ वटा वडाहरुमा सचेतनामुलक कार्यक्रम गरी सम्पन्न भएको छ |